काठमाडौं । संविधान कार्यान्वयनका लागि संघीय संसद्ले निर्माण गर्नुपर्ने १५१ भन्दा बढी कानून निर्माणको काम थाल्न राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दीलकुमारी रावल थापा पार्वतीले संकल्प प्रस्ताव दर्ता गरेकी हुन् ।
उनको प्रस्तावमा ८ जना सदस्यले समर्थन जनाएका छन् । संविधानमा उल्लेख भएका मौलिक अधिकार नागरिकलाई उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै तत्काल कानून निर्माणको काम अघि बढाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।


Leave a Reply