अनिलसँग शतकीय साझेदारी गर्दै भीमले पूरा गरे अर्धशतक

काठमाडौं। क्यानडाविरुद्धको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेको छ।

त्रिवि क्रिकेट मैदानमा २ सय ३३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३१ ओभरमा १ विकेट गुमाएर एक सय ४७ रन जोडेको छ।

प्रारम्भिक ब्याट्सम्यान अनिल शाहले भीम सार्कीसँग दोस्रो विकेटका लागि सतकीय साझेदारी गरेका छन्।

भीमको चौथो एकदिवशीय अन्तर्राष्ट्रिय अर्धसतक हो। उनिहरुबीच दोस्रो विकेटका लागि एक सय २ रनको साझेदारी भएको छ।

अनिलले लगातार दोस्रो खेलमा अर्धसतक बनाएका हुन्। तीन खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा शनिबार पनि अनिलले अर्धसतक बनाएका थिए। त्यस खेलमार्फत उनी सबैभन्दा कम बलमा एकदिवशीय अन्तर्राष्ट्रिय अर्धसतक बनाउने नेपाली ब्याट्सम्यान बनाएका थिए।

अनिलले कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ४५ रनको साझेदारी गर्दै घरेलुः टोलीलाई गतिलो सुरुवात दिलाएका थिए। भुर्तेल १३ रन बनाएर आउट भए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *