काठमाडौं। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपनर अनिल शाहले लगातार दोस्रो खेलमा अर्धसतक बनाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध भइरहेको खेलमा अनिलले अर्धसतक पुरा गरेका हुन्। तीन खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा शनिबार पनि अनिलले अर्धसतक बनाएका थिए।
त्यस खेलमार्फत उनी सबैभन्दा कम बलमा एकदिवशीय अन्तर्राष्ट्रिय अर्धसतक बनाउने नेपाली ब्याट्सम्यान बनाएका थिए। अनिलले सोमबार ५१ बलमा अर्धसतक पुरा गरेका हुन्।
उनले ८ चौका प्रहार गरे। २ सय ३३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १५ ओभरमा १ विकेट गुमाएर ८३ रन जोडेको छ। सुरुका दुई खेल जित्दै नेपालले शृंखला जित्ने पक्का गरिसकेको छ।
अनिलले कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ४५ रनको साझेदारी गर्दै घरेलुः टोलीलाई गतिलो सुरुवात दिलाएका थिए। भुर्तेल १३ रन बनाएर आउट भए। अहिले भीम सार्कीसँग अनिलले गतिलो साझेदारी गरिरहेका छन्।

Leave a Reply