सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको होटेल नमस्ते नेपालमाआगलागी भएको छ । आज बिहान खाना पकाउने समयमा ग्याँस लिक भएर लागलागी भएको हो ।
आगलागीका कारण करिब ३० लाख बराबरको क्षति हुन पुगेको होटेलका म्यानेजर हेमराज रावतले बताएका छन् ।
आगलागीबाट भान्सामा भएका सामानहरु जलेर नष्ट भएको उनको भनाइ छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन। घटनालगत्तै वीरेन्द्रनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक याेगेन्द्र सिह थापाले जानकारी दिए।

Leave a Reply