काठमाडौं । भूमि आयोग बनेको तीन वर्ष पुगिसक्दा पनि आयोग र इटहरी स्थानीय सरकारले कुनै काम नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले इटहरी स्थानीय सरकारलाई ध्यानाकर्षण बुझाएको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेललाई आज पार्टीका इटहरी उपमहानगर समिति अध्यक्ष शेषक राम थन्दारले आज एक ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा इटहरीमा भूमिहीनहरु धेरै भएको त्यसमा पनि दलित भूमिहीनहरु धेरै भएको भन्दै इटहरी स्थानीय सरकार र आयोगबीच चाँडै सम्झौता गरेर काम गर्न आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘चाँडो भन्दा चाँडो राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरि भूमि समस्याको समाधान गर्न ध्यानाकर्षण गराउँदै भूमिहीन नागरिकको आवासको अधिकारलाई सुनिश्चिता गराउने कार्यको लागि आह्वान गर्न चाहान्छौँँ ।’


Leave a Reply