एमाले बाजुराको अध्यक्षमा थापा

कैलाली । नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा भरत बहादुर थापा चयन भएका छन् ।

जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेशमा निर्वाचित भएपछि जिल्ला कमिटी बैठकले अध्यक्ष पदमा भरत बहादुर थापालाई सर्वसम्मत निर्णय गरेको हो ।

उपाध्यक्षमा उपसचिव जनक कुमार बोहरा, सचिवमा कार्यालय सचिव काशी बहादुर विकलाई समेत सर्वसम्मतबाट जिल्ला कमिटीले निर्णय गरेको छ ।

भरत थापाको अध्यक्षमा बसेको बैठकले अगामी जिल्ला अधिवेशन चैत्र १६ र १७ मार्तडीमा गर्ने समेत निर्णय गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *