काठमाडौं । बिहीबारका दिन नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यको उपस्थिति रहने काँग्रेसले जनाएको हो ।
पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा आगामी फागुन ७-१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रित रहेर छलफल हुनेछ ।

Leave a Reply