लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा गरेको सबै सम्झौता खारेज गर्न लेखा समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा गरेको सबै सम्झौता खारेज गर्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।

समिति सभापति ऋषिकेश पोखरेलले लुम्बिनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरेका सम्झौतालगायत सबै कार्य आजैका मितिबाट लागू हुने गरी खारेज गर्न सरकारलाई निर्देशन दिने निर्णय गरिएको बताए ।

कोष र द प्रमिस्ड ल्याण्ड प्रालिबीच रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माण गर्नेलगायत समझदारी भएको थियो । समितिमा सांसदहरुले ९९ वर्षका लागि जग्गा लिजमा दिन गरेको सम्झौता खारेज गर्नुपर्ने भन्दै आवाज उठाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले घरबेटी शारदा अधिकारीका छोरा निकेश अधिकारीलाई विनाप्रतिस्पर्धा रामग्राम क्षेत्र लिजमा दिन सम्झौता गरेको भन्दै सांसदहरुले आपत्ति जनाएका थिए ।

सांसदहरुको आपत्तिपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यो सबै प्रक्रिया नेपाल सरकारको निर्देशनपछि मात्र अघि बढाइने स्पष्ट उल्लेख गरिएको भन्दै यदि लेखा समितिले खारेज गर्न निर्देशन दिए आफूहरु खारेज गर्न तयार रहेको जवाफ दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *