काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले घोषणा गरेको एक वर्षपछि नेपाली क्रिकेट टोलीका युवा खेलाडीलाई जनही ३ लाख रुपैयाँ प्रदान गरेको छ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले यसअघि घोषित पुरस्कार आइतबार खेलाडीलाई गरेका हुन् ।
गत फागुनमा नेपाल यू–१९ विश्वकपमा छनोट भए लगत्तै सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
एसिया छनोटमा आयोजक युएईलाई पराजित गर्दै यू-१९ विश्वकप २०२४ मा स्थान बनाएको थियो ।
दक्षिण अफ्रिका भएको विश्वकप खेलेर फर्किएपछि बल्ल सरकारले घोषणा गरेको रकम दिएको हो ।


Leave a Reply