जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर जितेका सिंह पार्टीमा फर्किए

सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद अनिरूद्वप्रसाद सिंह यादव जनता समााजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्।

बोदेवर्साइन नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सांसद यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले प्रदेश सभा सदस्य सिंहलाई गम्छा, माला र टिका लगाएर स्वागत गरेका हुन्।

गएको निर्वाचनमा जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार प्रदेशसभामा निर्वाचित भएका थिए। योसँगै मधेश प्रदेश सभामा जसपाको १९ सांसद पुगेका छन्।

यस अघि महोत्तरी २ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ ‘क’ बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका थिए ।

कार्यक्रममा सांसद यादवसँगै लोकतान्त्रिक समाजवादी पार्टीका अनुपलाल साह, पूर्व कृषि सचिव शंकरलाल चौधरी लगायत विभिन्न पार्टी परित्याग गरी सयौं प्रभावशाली व्यक्तिहरु पार्टी प्रवेश गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *