लमजुङ कृषि क्याम्पसका विद्यार्थीमाथि नेविसंघका अराजक जत्थाले आक्रमण गरेको अनेरास्ववियुको आरोप

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले लमजुङ कृषि क्याम्पसको होस्टेलमा पढिरहेका विद्यार्थीहरुलाई हतियारसहित नेपाल विद्यार्थी संघको जत्था प्रवेश गरि होस्टेलमा बसिरहेका विद्यार्थीको कोठा थुनेर गरेको आक्रमणप्रति ध्यानाकर्षण जनाएको छ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ती जारी गर्दै आज हतियारसहित कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघल आक्रमण गरेको उल्लेख गरेका छन्।

विज्ञप्तिका अनुसार आशिष पौडेल, सौरभ उप्रेती, गोभिन्द चौधरी, सुरज भट्ट, सदिस सिम्खडा, आर्यन भट्ट, ढुर्ब साउद, गोकुल भट्ट, सुनिल बस्नेत, बिबेक सिंह, प्रसन्न चापागाइ तर्क राज जोशी, हिमाल रसाइली, समीर नेपाल, राजेन्द्र बिष्ट, सन्देश सुवेदी, सन्जित गौतम, सरोज भुषाल, अनुप राज बुढाथोकी, आदित्य बुढाथोकी लगायतका नेविसंघका अराजक जत्था होस्टेलमा प्रवेश गरि विद्यार्थीमाथि आक्रमण गरेको उल्लेख छ।

आक्रमणमा परि गम्भीर घाइते भएकोहरुको थप उपचारका लागि पोखरा लगिएको जानकारी गराउँदै देशको विभिन्न भुभागबाट अध्ययन गर्न आएका विद्यार्थीमाथि भएको यो बर्बरतापुर्बक आक्रमण मानवता विरोधि गम्भीर अपराध भएको जिकिर गरेको छ।

आक्रमणमा संलग्न अपराधीहरुलाइ तत्काल पक्राउ गरि हदै सम्मको कानुनी कारबाहीको गर्न माग गरेको छ। शैक्षिक क्षेत्रमा भएको गम्भीर अपराधलाई नजरअन्दाज गरे जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।

Comments

One response to “लमजुङ कृषि क्याम्पसका विद्यार्थीमाथि नेविसंघका अराजक जत्थाले आक्रमण गरेको अनेरास्ववियुको आरोप”

  1. जय नेपाल Avatar
    जय नेपाल

    एक तर्फ कथा मात्र नसुन्नु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *