काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् । उनले ६७ बलमा अर्धशतक पूरा गरेका हुन् । यसअघि देव खनालले ५६ बलमा अर्धशतक प्रहार गरेका थिए ।
६४ रनमा २ विकेट गुमाएको नेपालको इनिङ कप्तान रोहित पौडेल र देव खनालले सम्हालिरहेका छन् । देव र रोहितले १२३ बलमा १०३ रनको साझेदारी गरेका छन् । यसअघि अनिलकुमार शाह ५० र आसिफ शेख १० रन बनाएर आउट भइसकेका छन् ।

Leave a Reply