काम गर्न नसके रुवाबासीको अर्थ हुँदैन: गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताएका छन् ।

नेपाल ड्मोक्र्याटिक लयर्स एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले अधिकांश स्थानीय सरकार लगायत प्रदेश र केन्द्रको सरकारमा कांग्रेस सहभागी भएकाले काम गरेर देखाउनुपर्ने भन्दै कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताएका हुन् ।

आगामी निर्वाचनका लागि अहिले नै कांग्रेसले काम गरेर देखाउनुपर्ने र अर्को पटक जित्नका लागि आधार तयार गर्नुपर्ने उनले बताए । थापाले आगामी निर्वाचनमा कांग्रेसले घोषणापत्र भनाई पाँच बर्षमा गरेका कामको नतिजा लिएर जानुपर्ने धारणा राखे । उनले संघीयतालाई कार्यान्वयन गर्नका लागि आवश्यक कानून नबनाएर कार्यविधि मात्रै बनाएकाले काम गर्न अप्ठेरो देखिएको बताए ।

थापाले फाल्गुनमा प्रिबजेट छलफल हुने भन्दै यसपटक नयाँ ढंगले बजेट तयार गर्न प्रधानमन्त्रीलाइ सुझाव दिएको उल्लेख गर्नुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *