काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो दिन सुरु भएको हो। मस्यौदा विधान २०८० माथि नेताहरूले आआफ्ना धारणा राखिरहेको छन् ।
हिजोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विधान, केन्द्रीय समिति र विधान सम्मेलनको व्यवस्थापनको बारेमा ब्रिफिङ गरेको थिए।
बैठकमा सैद्धान्तिक र नीतिगत छलफल विषयमा मात्रै छलफल हुने बाँकी सुझाव लिखित रूपमा लिने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
हिजोको बैठकमा विधान मस्यौदा कार्यदल संयोजक एवं उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन, शर्मा, गणेश साह र राम कार्कीसहितका नेताले विधान धारणा राखेका थिए ।
नेताहरूले मस्यौदामा केन्द्रित रहेर कमिटी सानो बनाउनुपर्ने भन्दै १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउन प्रस्ताव भएको छ। भोलि र पर्सी बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफलका लागि मस्यौदा परिमार्जनसहित आज बैठक सकिँदैछ ।
केन्द्रीय कमिटीको बैठकपछि फागुन १ देखि ३ गतेसम्म हुने विधान अधिवेशन पार्टीको विधानलाई अन्तिम रुप दिने प्रवक्ता सापकोटाले बताए ।

Leave a Reply