काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चिनियाँ पक्षको आशंका मेटेर पटक पटकको ध्यानाकर्षणपछि तातोपानी नाका सञ्चालनमा ल्याउन सफल भएको बताएका छन्।
नेपाल हिमालय सीमापार वाणिज्य संघको १२ औँ अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन प्रवक्ता समेत रहेको सापकोटाले रणनीतिक सुरक्षाको विषयमा हामीले कन्भिन्स गरिसकेपछि नाका खुलेको बताए।
उनले भने, ‘त्यसलाई निरन्तरता दिनको लागि हामीले अझै धेरै मेहनत गर्नुपर्छ। राजनीतिक आर्थिक सामाजिकसँगै कूटनीतिक कौशल पनि हामी हुनुपर्छ। त्यो भएपछि दुई देशको सम्बन्ध अर्को उचाइमा उठाउन सक्छौँ। देशको आर्थिक विकास पनि हुन्छ।’

Leave a Reply