काठमाडौं । नेकपा माओवादी केन्द्रमा पार्टी कमिटी भद्दा भएकोबारे छलफल सुरु भएको छ। आजबाट सुरु भएको बैठकमा केन्द्रीय कमिटी १५१ सदस्यीय बनाउनेबारे छलफल सुरु भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
उनले भने, ‘पार्टी कमिटी ठूला भए, केन्द्रीय समिति १५१ सदस्यीय हुनुपर्छ भनेर सामान्य छलफल चलिरहेको छ। सबै कुराको टुंगो विधान सम्मेलनबाट हुन्छ ।’
बैठकमा सैद्धान्तिक र नीतिगत छलफल मात्रै लिएर सुझाव लिखित रुपमा लिने बताए । बैठक भोलिसम्म चल्ने उनले बताए ।
यो बैठकले आइतबार र सोमबार बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्नेछ । केन्द्रीय समितिको बैठकले फागुन पहिलो साता हुने पार्टीको विधान सम्मेलनको एजेन्डा तय गर्नेछ । विधान सम्मेलनले पार्टीको विधानलाई पूर्णता दिनेछ ।

Leave a Reply