नेताहरूले विधिभन्दा माथि उठेर पार्टी चलाउनुभयो अब त्यो चल्दैन : प्रदीप पौडेल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीलाई विधिभन्दा बाहिर गएर चलाउने छुट अब कसैलाई नभएको बताएका छन्।

काठमाडौंको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सुशासनको पक्षमा कांग्रेस आक्रामक भएर प्रस्तुत हुन नसेको भन्दै आलोचना गरे।

उनले भने- जनताको गुनासो छ हामीले सुशासनको पक्षमा आक्रामक भएर प्रस्तुत हुन सकेनौँ। देशको प्रशासनिक संयन्त्रलाई हामीले भ्रष्टाचाररहित बनाउन सकेनौँ। आम नागरिकलाई सुशासनको प्रत्याभूति दिने कुरामा हाम्रो नेतृत्व रहेन, नेताहरूप्रति धेरै भरोसा छ उहाँहरूले विधिभन्दा माथि उठेर पार्टी चलाउनुभयो त्यसमा पनि हाम्रो गुनासो छैन। तर, अबको दिनमा विधिभन्दा बाहिर कोही पनि जान सक्दैन।

उनले पार्टीलाई विधिभित्रबाट मात्रै पार्टी चल्नुपर्छ स्थिति निर्माण गर्नको लागि तल्लो तहदेखि माथिल्लो तहसम्म कांग्रेसलाई मासबेस पार्टीको रूपमा विकास गर्न जरुरी रहेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *