राष्ट्र बैंकलाई प्रश्न- एनआइसी एसियाले चाहँदैमा आफ्ना शाखा बन्द गर्न पाउँछ ?

काठमाडौं । अहिले बैंकिङ जगतमा एनआइसी एसिया बैंकको शाखा बन्द गर्ने चर्चा चलिरहेको छ । व्यवसाय विस्तारमा आक्रामक बनेको एनआइसी एसिया आफ्ना केही शाखा निरन्तर घाटामा गएकाले बन्द गर्न चाहिरहेको बुझिएको छ । उसले एकै पटक ५० शाखा बन्द गर्न राष्ट्र बैंकलाई निवेदन दिएको छ ।

एकै पटक ५० शाखा बन्द भए त्यहाँका कर्मचारीको के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेललाई बैंकले चाहँदैमा शाखा बन्द गर्न पाउँछ भनेर नेपाल प्रेसले प्रश्न गरेको थियो ।

त्यसको जवाफमा उनले भने, ‘कुनै पनि बैंकले चाहँदैमा शाखा बन्द हुँदैन । हामीले त्यसको अनुसन्धान गरेर मात्र निर्णय दिन सक्छौ । तर एकै पटक यति धेरै शाखा बन्द गर्न एनआइसीले पाउँदैन । त्यहाँ रहेका कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने पनि हुन्छ ।’

वित्तीय पहुँचको पनि विषय भएकाले शाखा बन्द गर्न अनुमति दिन नसकिने पौडेलले बताए । बैंकको शाखा खोल्न र बन्द गर्न राष्ट्र बैंकको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था छ । बैंकले अनुमति नदिए शाखा बन्द गर्न सम्बन्धित बैंकले पाउँदैन ।

एनआइसी एसिया बैंकसँग हाल ३६० शाखा, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर र ६१ शाखारहित इकाई छन् । सबैभन्दा बढी शाखा भएको बैंक पनि हो एनिआइसी एसिया । शाखा र कर्मचारी धेरै भएकै कारण बैंकको सञ्चालन खर्च बढी छ ।

Comments

One response to “राष्ट्र बैंकलाई प्रश्न- एनआइसी एसियाले चाहँदैमा आफ्ना शाखा बन्द गर्न पाउँछ ?”

  1. bhojraj regmi Avatar
    bhojraj regmi

    सर्वसाधारणलाई वढिभन्दावढि खाता खोल्न आकर्षित गराउन शाखा विस्तार गर्ने अहिले आएर खातावालालाई दुख दिने नियतले शाखा बन्द गराउनु भनेको गलत नियत हो।राष्ट्र बैंक जिम्मेवार हुने कि नहुने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *