अध्यागमन अधिकृतमाथि हातपात गर्ने असईलाई निलम्बन गर्न भएको सिफारिस रोकियो

काठमाडौं । अध्यागमन अधिकृतमाथि हातपात भएको घटनामा जोडिएका असईसहित तीन प्रहरी कर्मचारीलाई त्यहाँबाट सरुवा गरिएको छ ।

असई सञ्जय तामाङ र दुई जना सिपाहीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सुरुवा गरिएको छ। ‘यो पनि एक खालको कारबाही नै हो’ प्रहरी स्रोतले भन्यो।

यसअघि अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि हातपात भएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

सहसचिव थानेश्वर न्यौपाने संयोजकत्वको समितिले असई तामाङलाई निलम्बन गर्न सिफारिस गरेको थियो। उक्त सिफारिसपछि असन्तुष्ट जनाउँदै त्रिभुवन विमानस्थल प्रहरी प्रमुख अर्जुन चन्दले राजीनामा बुझाएका थिए।

प्रहरी प्रधान कार्यालयसँग छलफल भएपछि उनी राजीनामा फिर्ता लिएर काममा फर्किएका छन्। स्रोतका अनुसार छानबिन समितिले कारबाही सिफारिस गरिएका प्रहरी कर्मचारीलाई डीआईजी चन्दले पुरस्कृत गरेका छन्।

Comments

2 responses to “अध्यागमन अधिकृतमाथि हातपात गर्ने असईलाई निलम्बन गर्न भएको सिफारिस रोकियो”

  1. rajan shrestha Avatar

    डिआइजि साबको अडान ले तल्लो दर्जाका प्रहरी कर्मचारिहरु अन्यायमा परेर कारबहिको बिल्ला भिर्न बाध्य भएका कर्मचारीहरुको आज शिर झुक्न बाट जोगिएको छ|सत्यको साथ दिनुहुने सर प्रति उच्च समान व्यक्त गर्दछु|

  2. rajan shrestha Avatar

    आज यदि डिआइजि साबको अडान नहुने हो भने आज ति कर्मठ ,इमान्दार,बफादार ति तल्लो दर्जाका कर्मचारीहरु बलिका बोका हुने थिए |तल्लो दर्जाका प्रहरी कर्मचारिहरु अन्यायमा परेर कारबाहिको बिल्ला भिर्न बाध्य भएका कर्मचारीहरुको आज शिर झुक्न बाट जोगिएको छ| यो त एउटा नमुना पात्र मात्र हुन यस्ता कयौ घटना छन् जुन र्निर्दोष हुदाहुदै पनि बोल्न नसकेर र जवाफदेहि वा भनौ कारबाहिबाट बचाउन सक्नेले नबोलेकै आधारमा कारबाहिमा परेका छन| डिआइडि साबको आफ्नो कर्मचारी सहि सत्य हुदाहुदै पनि कारबाहि गर्ने छानबिन समितिको निर्णयको विरुद ति साना दर्जा पिरमर्का र कारबाहिमा परेका कर्मचारीहरुको साथमा उभिएर आफ्नो जागिर नै आहुति नै दिन समेत पछि नहट्नुले आज फलसरुप ति निर्दोष प्रहरी कर्मचारीहरुका शिर उच्च भएको छ| डिआइजि सर प्रति उच्च समान व्यक्त गर्दछु|

Leave a Reply

Your email address will not be published. Required fields are marked *