क्रिसमसमा तीन दिन बिदा दिएको राक्सिराङले ल्होछारमा पनि दियो तीन दिन बिदा

हेटौँडा । क्रिसमसमा तीन दिन बिदा दिएर चर्चामा आएको मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाले यही माघ २६, २७ र २८ गते तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एक शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले नयाँ वर्षको रुपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सांस्कृतिक पर्व मनुश्री सम्वत २८६० डुक÷मु ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण तामाङ समुदायका दाजुभाई तथा दिदिबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

‘यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, जातीय विविधायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा सहित बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा सम्बृद्ध राक्सिराङ बनाउन सबैमा प्रेरणा प्रदान गरोस भन्ने कामना गर्दछौं’, मल्लले भनेका छन्, ‘यसै अवसरमा तामाङ समुदायहरुको बाहुल्यता रहेको यस गाउँपालिकामा मिति २०८० माघ २६, २७ र २८ गते ९३ दिन० सार्वजानिक विदा दिने निर्णय भएकोले उक्त अवधिमा गाउँपालिका भित्रका सम्पूर्ण सार्वजानिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एबम् बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने व्यहोरा जानकारी गराईन्छ ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *