रोमानियाका नेपालीको राहदानी नवीकरण गर्न नेपाल सरकारको घुम्तीको टोली जाँदै

काठमाडौं । सरकारले रोमानियामा रहेका नेपालीको राहदानी नवीकरणका लागि घुम्ती सेवा प्रदान गर्ने भएको छ । जर्मनीको लागि नेपाली राजदूतावासले डिसेम्बर ३१, २०२४ सम्म म्याद रहेका राहदानीको नवीकरण गर्न घुम्ती टोली रोमानिया पुग्ने सूचनामार्फत जानकारी दिएको छ ।

राजदूतावासले बुधबार जारी गरेको सूचनामा आफ्नो विवरण भर्न र नवीकरण गर्न रोमानियामा रहेका नेपालीलाई भनिएको छ ।

रोमानियामा नेपालको राजदूतावास छैन । राजदूतावास नभएका कारण नेपालीहरुले आफ्नो राहदानी नवीकरण गर्न जर्मनी पुग्नुपर्ने हुन्छ । अब यो समस्या समाधान गर्न नेपाल सरकारले घुम्ती राहदानी सेवा सुरु गर्ने भएको छ ।

 

Comments

One response to “रोमानियाका नेपालीको राहदानी नवीकरण गर्न नेपाल सरकारको घुम्तीको टोली जाँदै”

  1. Naresh nagarkoti Avatar
    Naresh nagarkoti

    Renewal गर्नलाई 120euro लाग्छ रे के यो शुल्क पहिला को जस्तै महँगो भयन र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *