कर्मचारी संगठनको आरोपः मुख्यमन्त्रीको निच भनाइले राष्ट्रसेवकको शिर निहुरियो

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको अभिव्यक्तिको कर्मचारीहरूले विरोध गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मुख्यमन्त्रीको अभिव्यक्ति अपरिपक्व र हचुवा भएकोले सबै तहका राष्ट्रसेवक कर्मचारीको शिर निहुरिएको बताएका छन् ।

सङ्गठनका अध्यक्ष ओमराज सुवेदी र सचिव शालिग्राम कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा एक शैक्षिक कार्यक्रममा दिएको अभिव्यक्तिले सिङ्गो राष्ट्रसेवक क्षेत्रलाई दुखित बनाएको उल्लेख गरेकाे छ ।

‘प्रतिस्पर्धामा श्रेष्ठता खोज्ने हामी तमाम राष्ट्रसेवकहरू हजारौँको प्रतिस्पर्धामा आफूलाई अब्बल र श्रेष्ठ साबित गर्न सफल भएर राष्ट्र सेवाका विभिन्न तहमा बसी नागरिकको सेवा प्रदान गरी आएका छौँ, विज्ञप्तिमा भनिएको छ, योग्यता प्रणालीमा विश्वास गर्नेहरू प्रतिको मुख्यमन्त्रीज्यूको कोरा अपरिपक्व हचुवा अभिव्यक्तिले सबै तहका राष्ट्रसेवकहरूको शिर निहुरिएको छ ।’

कडा मेहनत र परिश्रमबाट प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्दै सार्वजनिक प्रशासनको मूल आधार स्तम्भ रहेको खरदार र सुब्बा तहका कर्मचारी राष्ट्रसेवकको उदाहरण दिँदै मुख्यमन्त्रीले व्यक्त गरेको विचार आफैँमा अपरिपक्व उन्मादपूर्ण कोरा अभिव्यक्ति भएको भन्दै निजामती कर्मचारी सङ्गठनले यस्तो नीच भनाई प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

‘कलिला स्कुले बालबालिकालाई अगाडी राखेर मुख्यमन्त्री ज्यूले दिनु भएको यस्तो अभिव्यक्तिले बालबालिकामा कस्तो प्रेरणा मिल्छ होला, अघिल्लो बेन्चमा बसेर मेहनत गर्नेहरू खरदार मात्रै हुन्छन् पछिल्ला बेन्चमा बसेर लखुवागिरी गर्नेहरू मन्त्री, मुख्यमन्त्री बन्छन् भन्ने अभिव्यक्तिले बालबालिकामा कस्तो सन्देश प्रवाह हुन्छ ? कर्मचारी सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, राजनीति गर्ने सबै व्यक्ति ब्याक बेन्च भएर लखुवा भै हिड्नेहरु मात्रै हुन ? एउटा खरदार र सुब्बा वा जुनसुकै तहको राष्ट्रसेवक मेहनत साथ लागेमा तपाईँहरू जस्तो मन्त्री मुख्यमन्त्री बन्न सक्छन्, तर तपाईँहरू यो जुनीमा खरदार, सुब्बा वा अन्य कुनै प्रकारको राष्ट्रसेवक बन्न सक्नुहुन्न ।’

Comments

2 responses to “कर्मचारी संगठनको आरोपः मुख्यमन्त्रीको निच भनाइले राष्ट्रसेवकको शिर निहुरियो”

  1. नेपाल रानाभाट Avatar
    नेपाल रानाभाट

    जुनसुकै तहका कर्मचारीले मुख्यमन्त्री वा प्रधानमन्त्री हुन सक्ने सम्भावना बोकेका हुन्छन तर तिनै मुख्यमन्त्री, मन्त्री र प्रधानमन्त्रीहरूले अधिकृत त परै जाओस खरिदार र सुब्बा पास गर्ने कुरा कल्पनासम्म पनि गर्न सकिन्न !

  2. 1st banchar Avatar
    1st banchar

    लखुवागिरीहरु राजनीतिमा भयर त देशको यो हाल हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *