काठमाडौं । क्यानडाविरुद्ध नेपालको पाँचौँ विकेट पतन भएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३० ओभरमा ५ विकेट गुमाएको हो ।
नेपालले ३१ ओभरमा ५ विकेट गुमाउँदै १४४ रन बनाएर खेलिरहेको छ । नेपालका ओपनर कुशल भुर्तेल ६२ रन बनाएर आउट भए ।
आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रनको योगदान दिए । आरिफ शेष १९ र पवन सराफ १ रन बनाएर क्रिजमा छन् ।

Leave a Reply