झाँक्रीलाई सुदेशको कटाक्ष- संसद विघटन ओली कमरेडको बाध्यता भनेर विश्लेषण गर्ने हाम्रो कस्तो विडम्बना !

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले सचिव रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।  सचिव झाँक्रीले नेपाल प्रेससँगको अन्तर्वार्तामा संसद विघटन ओली कमरेडको बाध्यता थियो भन्ने अभिव्यक्ति दिएकोप्रति जवाफ फर्काएका हुन्।

उनले फेसबुकमा लेखेका छन्,’ नेकपा एकीकृत समाजवादीका दुःख, जो– जोसँग मिल्न पर्ने थियो मिलिएन/ मिल्ने अवस्था थिएन । जो– जो सँग नमिल्न पर्ने थियो मिलियो /मिल्ने अवस्था थियो ।’

उनले केही समय ओलीको नाम सुन्न नचाहनेले कहिले फुलको गुच्छा त कहिले संसद् विघटन बाध्यता भनेर विश्लेषण गर्नुपर्ने अवस्था आएको भन्दै झाँक्रीप्रति कटाक्ष गरेका छन्।

उनले लेखेका छन्, जुन समय पार्टी एउटै थियो, केपी शर्मा ओलीको नाम पनि सुन्न नचानेहरु केहि समय भयो कहिले फुलको गुच्छा लिएर ,कहिले नेता ओली भन्दै अन्तर्वार्ता दिएर, कहिले संविधान र संसद विघटनको घटना समेतलाई अहिले आएर बाध्यतामा ओली कमरेड पर्नु भयो भनेर विश्लेषण गर्ने हाम्रो कस्तो विडम्बना ..’

उनले ओलीको शासन हुँदा प्रहरी लगाएर बानेश्वर लगेर थुनेको पनि बाध्यता थियो ? भन्दै प्रश्न गरेका छन्।

उनले थपेका छन्, ‘ओलीसँगै हुँदा ओली कमरेड जतिको बैमान। यो भन्दा शब्द धेरै धेरै…ओलीसँग नहुदा ओली कमरेड जति असल… देख्ने अतिवादी आँखाले स्वयम् तपाईलाई सक्नेछ।’

Comments

One response to “झाँक्रीलाई सुदेशको कटाक्ष- संसद विघटन ओली कमरेडको बाध्यता भनेर विश्लेषण गर्ने हाम्रो कस्तो विडम्बना !”

  1. ksp pyl Avatar
    ksp pyl

    जसरी पनि एमालेलाई गाली गर्ने लैनचौरबाट हण्डी् खानेहरू हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *