प्रधानमन्त्रीलाई अशिम शाहको प्रश्न- बालकुमारी घटनामा मारिएका सुजनकी आमालाई किन भेट्न समय दिनुभएन ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले दुई जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानविन गर्न बनेको आयोग किन मौन छ भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘गएको पुस १३ गते ललितपुरको बालकुमारीमा दुई र सर्लाहीमा एक युवकको ज्यान गएको विषयमा छानविन गर्न बनेका आयोगहरु आजसम्म किन मौन बसीरहेका छन ? हरेक घटनामा छानविन आयोग गठन हुन्छ तर प्रतिवेदनलाई अनेक बहानामा अल्झाइन्छ अनि दराजमा लुकाईंन्छ ?’

ललितपुरमा मन्त्रीको गाडी जलेपछि गोली चल्यो वा गोली चलेपछि गाडी जल्यो त्यसको उत्तर आयोगले दिनुपर्ने बताए।

उनले थपे, शान्त प्रदर्शन गर्न पाउने नागरिकको अधिकार हुँदा हुँदै कसको आदेशमा गोली चल्यो ? बालकुमारीमा मारिएका सुजनकी आमाले २ हप्तादेखि सिंहदरबार धाएर प्रधानमन्त्रीलाई भेट्न खोज्दा किन एक मिनेट समय समेत दिइएको छैन ?

उनले सरकारले क्षतिपूर्ति बापत १० लाख र परिवारलाई एक जनालाई रोजगारी दिने सम्झौता भएपछि पूरा नभएकोप्रति सरकारको ध्यानाकर्षण जनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *