पूर्वसभामुख ढुंगानाको अग्रसरता र कांग्रेस नेता भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र महाअभियान घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन नेपालमा हिन्दूराष्ट्र स्थापनाका लागि महाअभियानको घोषणा भएको छ।

संविधानविद् तथा पूर्वसभामुख दमननाथ ढुंगानाकोको सल्लाह र सुझावको आधारमा भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापनाका महाअभियान घोषणा भएको हो। भण्डारीका अनुसार आफूलाई संयोजक तोके पनि कमिटी गठन भएको छैन।

उनले भने- ‘हिजो मलाई बैठकले संयोजक तोकेको छ । कमिटी तोक्न बाँकी छ । संविधानविद् तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाको सहभागिता, सल्लाह र सुझावको आधारमा मलाई संयोजक तोकिएको हो । कार्यसमिति बनाउन बाँकी छ । कांग्रेस सांसद समेत रहेका भण्डारीले पार्टीभित्र पनि हिन्दू राष्ट्रको पक्षमा मुद्दा उठाउँदै आइरहेका छन् ।’

अभियानबारे उनले नेपाल प्रेससँग भने, सबै नेपाली नागरिक पार्टीगत रूपमा जुनसकैमा आबद्ध भए पनि देशभन्दा ठूलो अरू केही हुन सक्दैन। हाम्रो मुलुक वैद्धिक सनातन संस्कार, संस्कृति र धर्म भएको मुलुक हो। जसरी अरू देशहरूले पनि धार्मिक पहिचानलाई सम्मान गरेर धर्मलाई उच्च स्थानमा राखेर अमेरिका लगायतका मुलुकहरु स्थापित छन्।

उनले संसारमा एकमात्रै वैद्धिक सनातन संस्कार संस्कृति भएको मुलुक नेपाल मात्रै भएको दाबी गरे।

उनले थपे, ‘त्यसलाई मध्यनजर गरेर हामीले व्यापक छलफल गर्छौँ । यसलाई कांग्रेसभित्र पनि उठान गरेकै छौँ महासमितिको बैठकमा पनि लान्छौँ। राष्ट्रिय बहसको मुद्दा बनाएर अघि बढ्छौँ ।’

उनले फागुन ७ गतेबाट बस्ने महासमितिको बैठकमा पनि यो मुद्दा अघि सार्ने आफ्नो तयारी रहेको सुनाए ।

यसअघि २०७७ सालको महासमितिको बैठकमा पनि भण्डारीकै नेतृत्व हिन्दूराष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै करिब ७ सय बढी प्रतिनिधिको हस्ताक्षर बुझाएका थिए ।

Comments

One response to “पूर्वसभामुख ढुंगानाको अग्रसरता र कांग्रेस नेता भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र महाअभियान घोषणा”

  1. Rijal Avatar
    Rijal

    Please don’t waste your time.

Leave a Reply

Your email address will not be published. Required fields are marked *