नक्कली रक्सी बनाउने गिरोहमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने

काठमाडौं। विभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन र विक्री वितरण गर्ने गिरोहमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि छानबिन गर्ने भएको छ ।

काठमाडौं प्रहरी परिसरले विभागलाई अनुसन्धान गर्न पत्राचार गरेको छ। कालोबजार कसुरमा उनीहरुविरुद्ध दायर भएको मुद्दामा थुनछेक आदेशले छुटेमा सम्पत्ति शुद्धीकरण विभागमा पठाउने प्रयोजनका लागि प्रहरीको जिम्मा लगाउन पनि अदालतसँग माग गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कारखानामै छापा मारेर ८ जनालाई पक्राउ गरेपछि काठमाडौं प्रहरी परिसरको टोलीले अनुसन्धान सुरु गरेको थियो।

पक्राउ परेका रामेछापको खाँडादेवीका ३६ वर्षीय विनोदकुमार कार्कीले आफ्नो एकलौटी लगानीमा नक्कली मदिरा उत्पादन सुरु गरेको बयान दिएका छन्।

तरकारी व्यापार डुबेपछि आफूले पुरानै धन्धामा हात हाले पनि सुरु गरेको एक महिनामै प्रहरीले पक्राउ गरेकाले काम धेरै अगाडि बढ्न नपाएको उनको भनाई छ।

यसअघि पनि दुई पटक प्रहरीले नक्कली मदिरा उत्पादन गर्ने कारखानामा छापा मारेको थियो। दुवैमा विनोदको संलग्नता देखिएको थियो।

उनीहरुविरुद्ध ९ महिनासम्म कैद वा २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको माग गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *