बालेनलाई शहरी विकासमन्त्रीको चेतावनी- धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो हुँदैन (भिडिओ)

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी छन् ।

प्रतिनिधिसभाको बैठकपछि सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफलविना जबरजस्ती पार्किङ गराउनु विधिविपरीत रहेको बताइन् ।

उनले निर्माणाधीन धरहराको काम सम्पन्न भएपछि कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बनाएर जाने बताइन् ।

महानगरपालिकाले निर्माण अवरुद्ध हुनेगरी गरेको निर्णय तत्काल रोक्नुपर्ने उनको भनाइ छ । मन्त्री गुरुङले २५० चार पाङ्ग्रे र ६०० दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने भए पनि निर्माण सम्पन्न नभएकाले तीन तलाको बेसमेन्टमुनि अक्सिजनको अभाव, बत्ती र आगो निभाउने यन्त्र (फायर एक्सटिंग्विसर) जडानलगायतका काम बाँकी रहेको बताइन् ।

महानगरले काम गर्नेलाई समय र वातावरण दिनुपर्ने बताउँदै उनले प्रश्न गरिन्, ‘पार्किङ गर्न जाँदा अक्सिजन नपुगेर क्षति भयो भने कसले व्यहोर्ने ?’

मन्त्री गुरुङले भनिन्, ‘धरहरा सम्झौताअनुसार पहिला नै निर्माण सम्पन्न हुनुपर्ने हो । कोभिडको कारण काम गर्न सकिएको थिएन । डिजाइनहरुसमेत करेक्सन गरेर अगाडि बढाउँदा ढिला भएको छ । अहिले निर्माण अघि बढिरहेको छ । हामीले फागुन महिनाभित्र सम्पन्न गराउने भनेर निर्माण व्यवसायी, आयोजना प्रमुखसँग छलफल गरेका छौं । तीन महिनामा सम्पन्न गर्ने भनेर एक महिना अघि नै छलफल भएको थियो । त्यहीअनुसार काम भइरहेको थियो । काम गर्दा समस्या भएको छ । धरहरा निर्माण सम्पन्न भयो भनेर उद्घाटन भएको एउटा विषय छ । धरहरा बने पनि सबै योजनाअनुसारको संरचना बनेको छैन । धरहरा उद्घाटनको प्रश्न पनि आफैंमा प्रश्न छ । अधुरा आयोजनाहरु समयमा नै निर्माण सम्पन्न गराउन धेरै मेहनत गरिरहेको छु ।’

महानगरपालिकाले आयोजना र निर्माण व्यवसायीहरुलाई पनि जानकारी नदिइ पार्किङको व्यवस्था गरिएको उनले बताइन् ।

‘समन्वय र छलफल नगरी एकलौटी रुपमा पार्किङ गर्न सान्दर्भिक हुँदैन । महानगरले पत्रलाई प्राथमिकता दिएको छैन । यसरी नै जाने हो भने राम्रो परिणाम दिँदैन’, मन्त्री गुरुङले भनिन् ।

Comments

6 responses to “बालेनलाई शहरी विकासमन्त्रीको चेतावनी- धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो हुँदैन (भिडिओ)”

  1. Pramod DG Avatar
    Pramod DG

    काम पूरा नभएरै उद्घाटन गर्ने अनि राम्रो काम गर्नेलाइ दबाउन खोज्ने नेपालका नेताहरुले यो त बिर्सेकी क्या हो त्यही भएर नेपालमा जनता युवा त के बृद पनि छैनन भन्ने।

  2. Sher bdr gurung Avatar
    Sher bdr gurung

    Kun chai pati ko jhole grg ko cheli ho bilda bichar puryai bolnu balen ko kam ma birodh hoina prasansa gar natra timrow rajniti nai garne ho bhane bujhera gara

  3. राज Avatar

    बालेन भनेकाे देश लाई माया गर्ने कुनै दल काे झाेले हाेईन अनि सब झाेले हरु रिसले मरेकाछन् बालेन सित निउ खाेज्ने लाई सात देश नकाटाई हुदैन जनता हाे किन कि जस्ले राम्रो गर्याे उसैकाे खेदाेगर्दैछन दुईचार जाना झाेले हरुले हाेशियार बालेन भनेकाे जनताकाे प्यारा हुन नचला नत्र जनता ले बढार्लान जय बालेन

  4. भरत कार्कि Avatar
    भरत कार्कि

    हैन कालोपत्रे सडक बाटो खुल्ला गरि पार्किङ भनेर बनाए को ठाउमा बेबस्था मिलाउने बालेन ले के शहरी बिकास मन्त्रालय को सहरमा नै के उद्योग खोल्न लागेका रहेछन?????अनि

  5. Nar bdr kc Avatar
    Nar bdr kc

    शहरी विकास मन्त्री भनाउंदीकाे “नमच्चिने पिङका सय झट्का ” भनेकाे यहि हाे ।

  6. हरि रेग्मी Avatar
    हरि रेग्मी

    कमिसनको कारण धरहरा निर्माण कार्य मेलम्चिको पानी जस्तै बनाउने अनि बालेनले कहिलेसम्म पर्खनु पर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *