सभामुखद्वारा बैठकमा अध्यक्षता गर्न ७ सदस्य मनोनयन

काठमाडौं । सभामुख देवराज घिमिरेले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गरेका छन् ।

आज सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरेका हुन् ।

सभामुखमा सांसद ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ, रामकृष्ण यादवलाई मनोनयन गरेको सभामुख घिमिरेले बताए ।

हिउँदे अधिवेशन सुरु भएलगत्तै सभामुखले माघ २४ गते बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *