एमाले झापा-काठमाडौं सम्पर्क मञ्चको नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा सुब्बा

काठमाडौं । नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चको नयाँ नेतृत्व चयन भएको छ । मञ्चको १३ औं सम्मेलनले शनिबार अध्यक्षमा ध्यान बहादुर सब्बा (ललित) सहित ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

मञ्चको उपाध्यक्षमा मनोज दाहाल र पुष्पा अधिकारी, सचिवमा युवराज बस्नेत, सहसचिवमा हेम कुमार पकवाल तथा नीता पोखरेल निर्वाचित भएका छन् भने कोषाध्यक्ष मनिष ढकाल चयन भएका छन् ।

त्यस्तै, मञ्चका सदस्यहरुमा रोमन काफ्ले, मनोहर गौतम, पारस न्यौपाने, अर्पण सिवाकोटी, संगीता बराल, कल्पना खतिवडा, दिल बहादुर तामाङ, मोहन भट्टराई, शील प्रसाद भट्टराई, प्रकाश चन्द्र पाण्डे, रमा पाण्डे, कमल काफ्ले रहेका छन् ।

त्यसैगरी, सोम डोटेल, तिलक विश्वकर्मा, सन्ज्योति नेम्वाङ, तुलसी कन्दङंगवा, मायादेवी उप्रेती, हरि बहादुर राउत, सुनिल भेटवाल, रुपेश भट्टराई, झुमा पाण्डे तथा नर्बदा बस्नेत सदस्यमा निर्वाचित भएका सचिव युवराज बस्नेतले जानकारी दिए ।

निर्वाचित भइसकेपछि अध्यक्ष सुब्बाले एमालेको नीति नियममा रहेर देश र जनताको सेवा गर्न मञ्चको तर्फबाट आवश्यक योगदान गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *