हामीले जनतालाई विश्वास दिलाउन नसक्दा प्रतिक्रान्तिकारी शक्ति टाउको उठाउन खोज्दैछन्: प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीति उपलब्धिनको रक्षा गर्न नसके प्रतिक्रान्तिकारी शक्तिले टाउको उठाउन थाल्ने बताएका छन्।

आदिवासी जनजाति आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समावेशिता र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमजोरीकै कारणले प्रतिक्रान्तिकारीहरुले टाउको उठाउन खोजेको उनको बुझाइ छ।

उनले भने, राजनीतिक शक्तिले पहिचान र अधिकारको कुरा उठायो त्यसको पक्षमा दृढतापूर्वक उभिन त्यसको वैचारिक र कानूनी लडाइमा विजयी हासिल गरेर जनताको अधिकारहरु संविधानमा लिपिबद्ध गरियो त्यही राजनीतिक शक्ति र नेतृत्वलाई चिन्न सकिएन र त्यसको वरिपरि गोलबद्ध हुन सकिएन भन्ने प्राप्त अधिकारको रक्षाको लागि निकै चुनौतिपूर्ण भएर जानसक्ने खतरा रहिनैराख्छ।

राजनीतिमा आबद्ध पहिचान र अधिकार नरुचाउने शक्तिहरुमा हुने तर पहिचानको माग चाहिँ परिवर्तनकारी शक्तिहरुसँग गर्ने विरोधाभाषबाट सबैजना माथि उठ्नुपर्ने बताए।

उनले भने, हामीले ०७० को चुनावमा पनि पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान भन्ने मुल नारा लिएर गयौं तर त्यो नाराको पक्षमा जनमत चाहिँ देखिएन। त्यसको विरुद्ध जनमत देखियो। त्यो दुर्भाग्यपूर्ण कुरा हो। त्यो समावेशिता र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमी परिणाम हो त्यसो गर्ने पार्टी एकताबद्ध नहनू र जनतालाई पहिचान र अधिकारको लडाइँ हामीले नै जित्न सक्छौं भन्ने विश्वास दिलाउन नसक्ने हाम्रो कमजोरी हो। जनताको कमजोरी होइन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *