काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा जीप दुर्घटना हुँदा २ जना भुटानी नागरिकको मृत्यु भएको छ । प्रहरीकाअनुसार मृत्यु हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन् ।
हेलम्बुको वडा नम्बर १ मा रहेको दोरिङ भिरमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्
घाइतेमध्ये चार जना भुटानी र एक नेपाली रहेको प्रहरीले जनाएको छ।
भुटान बाट घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको बोलेरो दुर्घटना भएको हो ।

Leave a Reply