काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा रहेको काल भैरव सहकारीविरुद्ध बचतकर्ताको रकम ठगी गरेको आरोपमा अदालतमा अभियोग पत्र दायर भएको छ ।
सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध २५ करोड ९४ लाख ९६ हजार ८ सय ९४ रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ ।
एक सय ११ जना बचतकर्ताले सहकारीले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका थिए ।
सहकारीका अध्यक्ष ५१ वर्षीय हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष ६२ वर्षीय प्रेम श्रेष्ठ, कोषाध्यक्ष ७२ वर्षीय सेरलाल श्रेष्ठसहितलाई प्रतिवादी बनाइएको छ ।
उनीहरुविरुद्ध ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

Leave a Reply