गठबन्धन बैठकबारे रमेश लेखक भन्छन्- कोशीमा फ्लोर क्रसबारे कसैलाई दोष दिन मिल्दैन

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनको समीक्षा गर्न बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । बैठकमा भएको छलफलबारे जानकारी दिँदै नेपाली कांग्रेसका नेता रमेश लेखकले कोशीमा फ्लोर क्रसबारे कसैलाई दोषी हाल्न नमिल्ने बताएका छन् ।

उनले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै कोशीको निर्वाचनबारे छलफल भएको बताए । ‘राष्ट्रियसभाको निर्वाचनमा कोशीको परिणामबारे गम्भीररुपमा छलफल गरेको छ’, उनले भने, ‘यो कन्सर्न प्रधानमन्त्री वा सभापतिको मात्रै कन्सर्न नभएर गठबन्धनका सबैको कन्सर्न हो । सबैको उम्मेदवार भएको हुनाले यसमा कसमा कसको के भयो भन्ने भन्दा पनि अहिले प्रारम्भिक छलफल भयो ।’

यसले गठबन्धनमा कुनै समस्या नरहेको उनले बताए । गठबन्धन एकीकृत नै भएको उनले बताए । उनले प्रारम्भिक छलफलमा गोप्य मतदानका विषयमा कसले फ्लोर क्रस गर्यो भन्ने विषय आगामी दिनमा विश्लेषण हुने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *