पूर्वराष्ट्रपति भण्डारीबाट ‘संसद्‍मा केपी शर्मा ओली’ ग्रन्थ लोकार्पण (तस्बिरहरू)

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेका सम्बोधन समेटिएको पुस्तक सार्वजनिक गरिएको छ ।

शहीद दिवसका दिन पारेर उक्त पुस्तक सार्वजनिक गरिएको हो । प्रज्ञा-प्रतिष्ठानमा आयोजित एक समारोह बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘संसद्‍मा केपी शर्मा ओली’ नामक ग्रन्थको लोकार्पण गरिन् ।

पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिइन् । २०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसदको २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको छ ।

सभ्यता अन्वेषण केन्द्रले तयार पारेको उक्त पुस्तकमा ओलीले सदनमा गरेका भाषणहरू संग्रहित गरिएको छ । लोकार्पण कार्यक्रममा दलका नेता-कार्यकर्ता, विभिन्न क्षेत्रका र प्राज्ञिकहरुको उपस्थिति थियो ।

Comments

One response to “पूर्वराष्ट्रपति भण्डारीबाट ‘संसद्‍मा केपी शर्मा ओली’ ग्रन्थ लोकार्पण (तस्बिरहरू)”

  1. laleek Avatar
    laleek

    अतिनै अनुकरणीय कदम हाे, अव यसलाइ अंग्रेजी संस्करणमा समेत प्रकाशन हुन सक्दा सुनमा सुगन्ध हुनेथ्याे कि, जयहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *