काठमाडौं। नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख प्याट्रिक सेन्डर्सले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग भेट वार्ता गरेका छन्।
जङ्गी अड्डामा भएको भेटमा पारस्परिक सम्बन्ध सुधारका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
सेन्डर्स सोमबार नेपाल आइपुगेका हुन्। उनी माघ २० गतेसम्म नेपालमा रहने छन्।
सेन्डर्सको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाले गारत अर्पण गरेको छ।

Leave a Reply