छायाँनाथ राराका तत्कालीन प्रशासकीय अधिकृत, प्राविधिक र उपभोक्ता समिति पदाधिकारीमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । सडक स्तरोन्नतिमा अनियमितताको अभियोगमा मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, केही प्राविधिक कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा बढी मूल्यांकन गराएर २८ लाख ६२ हजार ४५९ रूपैयाँ अनियमितता गरेको ठहरसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इञ्जिनियर महेशसिंह कठायत, असिस्टेन्ट सव-इञ्जिनियर हस्तबहादुर मल्लविरुद्ध मुद्दा दायर गरेको हो ।

मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गुर्नपर्ने भनी लागत अनुमान स्वीकृत गरी अर्डिनरी स्वायलको मात्र मेशिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको भनी बढी रकम भुक्तानी दिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताए ।

उक्त कार्यमा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लको पनि संलग्नता देखिएकाले उनीहरूलाई पनि सोही रकमको बिगो दाबीसहित प्रतिवादी कायम गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *