प्रधानमन्त्रीको जिकिर- बुद्धिजीवीहरूले मेरो यो कार्यकाल इतिहासकै स्वर्णिम भइसक्यो भन्छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्धिजीवीहरूले आफ्नो तेस्रो कार्यकाल इतिहासकै स्वर्णिम भइसक्यो भन्न थालेको सुनाएका छन् ।

प्रेस सेन्टर नेपालको २०औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै उनले सरकारले भ्रष्टाचार, भूमाफिया र तस्करीका विरुद्ध अभियान थालेको बताए ।

प्रचण्डले भने, ‘हिजो नेपाली कांग्रेसको एकजना बुद्धिजीवी साथी मकहाँ आउनुभएको थियो उहाँले भन्नुभयो मानिसहरूले कुरा किन नबुझेको होला । अहिले त प्रधानमन्त्रीको यो कार्यकाल त इतिहासकै स्वर्णिम कार्यकाल भइसक्यो । हामीले नेता कार्यकर्तालाई बुझाउन सकेको छैनौं ।’

उनले आफू नेतृत्वको सरकारले ठूला जलविद्युत आयोजनादेखि विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग बुटवल धागो उद्योग खोल्नेबारे ठोस निर्णय गरेको बताए ।

उनले भने, प्रतिक्रियावादीहरु प्रचण्ड नेतृत्वको सरकारमा ठूल्ठूला काम भए भनेर भन्न धेरै गाह्रो भएको छ । हामी हेरेर बस्याजस्तो प्रतिक्रियावादीहरू चाहिँ खुलेआम हाम्राविरुद्ध विष बमन गरिरहेका छन् । त्यसलाई हामीले टुलुटुलु बसेर हेरिरहेको जस्तो । पहिला हामीले थोरै हुँदा पनि प्रतिवाद गर्थ्यौं अहिले धेरै हुँदा पनि गर्न सकेका छैनौं ।’

Comments

2 responses to “प्रधानमन्त्रीको जिकिर- बुद्धिजीवीहरूले मेरो यो कार्यकाल इतिहासकै स्वर्णिम भइसक्यो भन्छन्”

  1. मुरारि पराजुली Avatar
    मुरारि पराजुली

    यहाँभन्दा ठुलो जोक दुनियाँमा अर्को कहाँ होला?

  2. ksp pyl Avatar
    ksp pyl

    हेर नौटंकी कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *