अर्काको नागरिकता प्रयोग गरी बैंक खाता खोल्ने र ‘ब्यालेन्स’ नभएको चेक दिने महिला पक्राउ

काठमाडौं । अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा काठमाडौं प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्का रहेकी छिन्।

प्रहरीका अनुसार खाता खोल्दा उनले बैंकको विवरणमा भने आफ्नो फोटो टाँसेकी थिइन्।

खड्काले दिएका चेकमा पैसा नभएको पाइएपछि उनले अर्काको नागरिकता प्रयोग गरेर बैंक खाता खोलेको पाइएको काठमाडौं प्रहरीले जनाएको छ।

उनीमाथि बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *