रामेछाप । जिल्लाको सबैभन्दा ठूलो मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा उज्ज्वल सुवेदी निर्वाचित भएका छन् ।
अन्य निर्वाचनमा जस्तै क्याम्पसको संचालक समितिमा पनि राजनीतिक दल प्यानल बनाएर प्रतिस्पर्धामा थिए । सत्ता गठबन्धनका उम्मेदवार नवराज घिमिरेलाई पराजित गर्दैै एमालेको एकल प्यानलका सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । एमालेका सुवेदीले ६० मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार घिमिरेले ५५ मत पाएका छन् ।
सुवेदी एमालेनिकट खेलकुद महासंघका केन्द्रीय कोषाध्यक्ष समेत हुन् । संचालक समिति सदस्यमा रामचन्द्र अधिकारी,नविन केसी,दिपक राज प्रसाई र युवराज सुवेदी निर्वाचित भएका छन् ।


Leave a Reply