ओलीको दाबी- प्रचण्ड सरकार धोकाबाट बनेको हो, कोशीमा झैँ जुनसुकै बेला उथलपुथल हुनसक्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार धोकाबाट बनेको भएकाले कोशीमा झैँ जुनसुकै बेलामा उथलपुथल हुनसक्ने दाबी गरेका छन् ।

एसिडपीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोशीमा कम मत भएपनि जित्न सफल भएको बताए ।

प्रचण्ड नेतृत्वको सरकारले सहिद थप्ने निर्णय गरेकोप्रति आपत्ति जनाए । उनले भने, ‘सहिद थप्ने भनेको मान्छे मार्ने हो त्यो स्वीकार्य हुँदैन ।’

उनले राजावादीहरूको आन्दोलनलाई केटाकेटीको खेलको संज्ञा दिँदै अब फर्किने सम्भावना रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *