घुस लिनेदिने दुवैलाई अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा

काठमाडौं । राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर प्रदीप भट्टराई र एक सेवाग्राहीविरुद्ध घुस रकम लेनदेनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका प्रदीप भट्टराईले राहदानी बनाएवापत सुमी धामी भन्ने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सँगै सुमित्राले घुस/रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरूसँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *