घनश्याम भुसालको दाबी- मुलुकमा वाम विकल्प नेकपा एसले मात्रै दिन सक्छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अबको दुई वर्षभित्रमा पार्टीलाई दुईवर्षभित्रमा मुलुकमा वाम विकल्प दिन सक्ने दाबी गरेका छन्।

पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै आगामी दिनमा हामी सिद्धान्तनिष्ठ भएर अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे।

उनले भने, आगामी दिनमा हामी सिद्धान्तनिष्ठ भएर एक ठाउँमा उभिन्छौँ र अगाडि बढेर यो लपेटमा सिद्धान्तको, राजनीतिक, परिचालनको यो लपेटमा देशका अरू समाजवादी वामपन्थीहरूलाई एक ठाउँमा ल्याउँछौँ हामी डेढ दुईवर्षमा मुलुकमा वाम विकल्पको विकल्प दिन्छौँ भन्ने संकल्पका साथ उठ्यौँ भने हामीले पूरा गर्न सक्ने ठाउँमा छौँ।

लोकतान्त्रिक अधिकारका साथ सबैभन्दा अनुशासित पार्टी बनाउन लाग्ने आग्रह गरे।

Comments

One response to “घनश्याम भुसालको दाबी- मुलुकमा वाम विकल्प नेकपा एसले मात्रै दिन सक्छ (भिडिओ)”

  1. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    हाहाहा कति हाँस्नु ? नेकपा एसकाे हैसियत जनतालाई था छ त । नबाेलेकाे राम्राे हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *