काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठनअनेरास्ववियु त्रिवि जिल्ला कमिटिले त्रिवि शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि संशोधित कार्यविधि कार्यान्वयनमा नआई पुन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।
त्रिवि कार्यकारी परिषदबाट शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि बिनिमय, २०७५ मा मिति २०८० असोज २१ गते संशोधन भई कार्यान्वयनका लागि त्रि।वि। सेवा आयोगमा पठाइएकोमा संशोधित विनियम कार्यान्वयनमा नआदै पुन संशोधन गर्न लागिएको भन्दै अरास्ववियु त्रिवि जिल्ला कमिटिको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । शुक्रबार कमिटिले निमित्त उपकुलपति डा शिवलाल भूसाललाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।
विश्विवद्यालयका प्राध्यापकको नियुक्ति र बढुवाका लागि आवश्यक अनुसन्धान तथा कृतिलाई मुख्य आधार बनाइ प्राध्यापक तथा सह प्राध्यापकको आन्तरिक बढुवा गरिनुपर्ने भएतापनि संशोधन भएको कार्यविधिलाई एकपटक पनि कार्यान्वयनमा नल्याइ उक्त संशोधित बिषयवस्तु हटाउन विश्वविद्यालयका पदाधिकारीहरूको गतल मनसाय रहेको बिषय प्रष्ट देखिएको कमिटिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘त्रिवि शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि विनियम, २०७५ (संशोधन २०८० असोज २१ गते) को विनियम २१ को उपविनियम (६) को खण्ड (क) मा व्यवस्थाले लोकसेवाको संलग्नता र समन्वयले त्रिवि सेवा आयोगले लिने गरेको परीक्षाको पश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनले परीक्षाको निश्पक्षता र विश्वसनीयता बढाइ योग्य तथा सक्षम व्यक्ति त्रिवि सेवामा प्रवेश पाउने कुरा विश्वविद्यालयको हितमा रहेको देखिदा देखिदै पनि उक्त बिनिमय संशोधन गर्न समिति निर्माण गर्न लागिएको भन्ने कुराले विश्वविद्यालयको प्राज्ञिक क्षेत्र नभइ आफू निकटतम व्यक्तिहरूको भर्तीकेन्द्र बनाउन उद्दत रहेको देखिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो पटक संशोधित (२०८० असोज २१ गतेको संशोधन) त्रिवि शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि कार्यविधि वेबसाइटमा राख्न समेत अनुरोध गरेको छ। अनेरास्ववियुले उठान गरेका बिषयवस्तुमा त्रिवि गम्भीर नभए जस्तोसुकै आन्दोलनका लागि तयार रहेको भन्दै प्रशासनलाई चेतावनी दिएको छ ।

Leave a Reply