चलचित्र ‘खजुरे ब्रो’ मा हर्क साम्पाङको विशेष भूमिका, नीतिसँग सुटिङमा हर्क

काठमाडौँ। चलचित्र ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गर्ने भएका छन् । चलचित्रमा मेयर साम्पाङको विशेष भुमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन सकिएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ ।

ुधरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य थियो। त्यसको लागि नगरप्रमुखको अवश्य नै भूमिका रहन्छ,’कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने, ‘चलचित्रमा उहाँको विशेष भुमिका हुनेछ ।’

चलचित्र ुखजुरे ब्रोु पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक चलचित्र हो। चलचित्रले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानर र निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको चलचित्र ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन्। कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् । चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ।

‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो। चलचित्रमा दार्जिलिङ कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ।

चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाँकन गर्ने चलचित्रमा अनमोल गुरुङको संगीत रहेको छ। चलचित्र हाल धरानमा छायाँकन भई रहेको छ । चलचित्रको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। चलचित्र जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *