रेखा थापालाई संकेत गर्दै लिङ्देनले भने- एउटी आमा आफ्नो सन्तान नेपाली नहोस् भनेर अमेरिका पुग्दैछिन् (भिडिओ)

काठमाडौँ । पहिलो सन्तान जन्माउन अमेरिका पुगेकी आफ्नै पार्टीकी नेता रेखा थापाप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले व्यंग्य र वास्तविकता मिश्रित कटाक्ष गरेका छन् ।

राष्ट्रियता सम्बन्धी प्रवचन कार्यक्रममा उपस्थित भएका लिङ्देनले अहिलेको राजनीतिक व्यवस्थाले नेपाल बस्न लायक देश नरहेको सन्देश नयाँ पुस्तामा गइरहेको बताउँदै रेखाको उदाहरण दिएका हुन् ।

राप्रपानिकट प्राज्ञिक परिषद्को कार्यक्रममा अध्यक्ष लिङ्देनले एक जना पूर्व गृहमन्त्रीले बुहारी लिएर अमेरिका गएको प्रसंग निकाल्दै नाति नेपालमा नजन्मियोस् भनेर उनले सुत्केरी गराउन बुहारी नेपालबाट अमेरिका लगेको बताए ।

लिङदेनले भने- एक जना पूर्व गृहमन्त्रीको कुरा मात्र होइन, एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका । जीवनमा एउटा महिलाले पहिलोचोटी प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?

अध्यक्ष लिङ्देनले गणतन्त्रपछिका १५ वर्षमा योजनाबद्ध रूपमा नेपालमा राष्ट्रियतालाई कमजोर बनाइएको दाबी समेत गरे । उनले अब देशलाई नयाँ बाटोमा लैजानुको विकल्प नभएकाले माओवादीदेखि राजासम्म सबै रहने व्यवस्था आवश्यक रहेको बताए ।

Comments

One response to “रेखा थापालाई संकेत गर्दै लिङ्देनले भने- एउटी आमा आफ्नो सन्तान नेपाली नहोस् भनेर अमेरिका पुग्दैछिन् (भिडिओ)”

  1. हेम प्रकाश चोङवाङ Avatar
    हेम प्रकाश चोङवाङ

    बाबू आमा नेपाली भएछी संसारको जुनसुकै कुनामा जन्मेको वच्चा नेपाली नै हुन्छ यो सत्यलाइ किन आफू अनुकुल परिभासित गर्न खोजेका होलान नेताहरु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *