काठमाडौं। १३ औँ दक्षिण एसियाली खेलकुद(साग)की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले बंगलादेशमा शुक्रबार भएको चर्चित बंगबन्धु म्याराथनको उपाधि जितेकी छिन्। महिलातर्फ उनी पहिलो भएकी हुन्।
उनले उपाधीसहित बंगलादेशी रुपैयाँ तीन लाख टाका प्राप्त गरिन्। सन्तोषीले निर्धारित दुरी २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा पुरा गरेर सबैभन्दा चाँडा म्याराथन पूरा गर्ने नेपाली महिला खेलाडी पनि बनिन्।
उनले पुष्पा भण्डारीको नाममा रहेको २ घण्टा ४८ मिनेट २ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेकी हुन्। पुष्पा यसपटक दोस्रो भइन्। २ घण्टा ४९ मिनेट ३३ सेकेन्ड समय निकाल्दै उनी दोस्रो भएकी हुन्।


Leave a Reply