विधान संशोधन मस्यौदामाथि छलफल गर्न नेकपा एसको बैठक बस्दै

काठमाडौं । आज नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । केन्द्रीय परिषद् बैठकमा पेस गर्ने विधान संशोधन मस्यौदामाथि छलफल गर्नको लागि बैठक बस्न लागेको हो ।

सचिव जीवनराम श्रेष्ठले भने, ‘बैठक दिउँसो साढे १ बजेबाट बस्छ। बैठकमा केन्द्रीय परिषद् बैठकमा पेस गर्ने विधान संशोधन मस्यौदामाथि छलफल हुन्छ । थप एजेण्डा छैन ।’

विधानलाई टुंग्याउन नेकपा एसको माघ १४ र १५ गते केन्द्रीय परिषद्को बैठक बस्दैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *