कोशीमा ‘फ्लोर क्रस’ प्रति माओवादीलाई गोकुलको कटाक्ष- मायामा घात भए सम्बन्ध तोड

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले माओवादी केन्द्रलाई मायामा घात भए सम्बन्ध तोड्न भन्दै कटाक्ष गरेका छन् । राष्ट्रियसभाको निर्वाचनमा कोशीमा कांग्रेसबाट घात भएको भन्दै माओवादीका नेताहरूले सहकार्य तोड्ने चेतावनी दिइरहेको बेला बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

सत्ता गठबन्धनबाट फ्लोर क्रस हुँदा राष्ट्रियसभामा माओवादीकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइरालाले अनपेक्षित जित हात पारिन् । यसमा रोइलो गर्नुको कुनै अर्थ नभएको बास्कोटाको भनाइ छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रियसभामा कोशीबाट रुक्मिणी कोइरालाको जितपछि गठबन्धनमा घातको रोइलो सुनियो । तोरीमा कोदो मिसाएपछि तेल हैन, पिना निस्कन्छ । गठबन्धनद्वारा क्रमशः हाइज्याक र संकुचित पारिएको हिप्पोक्रेसीका विरुद्ध र मतदाताले गरेको वाईडर डेमोक्रेटिक अभ्यासको परिणाम हो । सजिलो छ, मायामा घात भए सम्बन्ध तोड ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *