कोशीमा गठबन्धनको साख जोगाउँदै सिटौला विजयी

विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

उनले एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार भएका उद्धव पौडेललाई पराजित गरे । २ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फबाट भने उनले मत पाउन सकेनन् ।

उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई कोशीबाट उम्मेदवार बनाइएको थियो ।

उनलाई प्रदेशसभा सदस्यमध्ये ४५ जनाले मात्रै मत हाले । उनका प्रतिस्पर्धी राप्रपाका उद्धव थापालाई भने ४७ जनाले मत हालेका छन् । कोशी प्रदेश सभामा सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य छन् । राप्रपा र एमालेको भने ४५ जना मात्रै छन् । एकजनाको मत भने बदर भएको छ ।

(यसअघि  असावधानीवश शीर्षक अन्यथा पर्न गएकोमा क्षमाप्रार्थी छौं-सं)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *